२४x७ सेवा

तपाईको सेवाको लागी हाम्रो टिम २४ x ७ उपलब्धछ ।

बारम्बार राखिने जिज्ञाशाहरु

डाँफेबुक्स के हो?

डाँफेबुक्स नेपाल कै पहिलो अनलाइन Hybrid HRM सफ्टवेयर हो जसमा मानव संशाधन व्यवस्थापनको साथै कर्मचारीहरुको हाजिरीको विवरण व्यवस्थित रुपमा संचय गर्न सकिन्छ।

डाँफेबुक्स नेपाली पात्रो (बिक्रम संवत प्रणाली) मा केन्द्रित छ। यस विशेषताले गर्दा कर्मचारीहरुको मासिक तलब नेपाली महिनामा आफैले उत्पादन गर्न सक्छ।

यसको अर्को विशेषता, नेपाल सरकारले सरकारले जारी गरेको सार्बजनिक बिदा हरेक बर्ष अध्यावधिक हुन्।

डाँफेबुक्सले हाम्रो वा मेरो तथ्य/विवरणहरु कसरी सुरक्षित गर्छ?

डाँफेबुक्सले सारा तथ्य/विवरण, जानकारी, फाइल जस्ता सुचनाहरु विश्व प्रख्यात डाटा भण्डारण गर्ने (क्लाउड) कम्पनीको सर्भरमा राख्ने गर्दछ। यसरी भण्डारण गरिएका सुचना विवरणहरु गोप्य तरिकाले राखिएको हुन्छ।

यसरी गोप्य तरिकाले राखिएको सुचना अन्य अनधिकृत समुहको हात लागेमा त्यो सुचनालाइ पढ्न नमिल्ने गरी राखिएको हुन्छ।

साथै हामीले हप्तै पिच्छे सबै डाटाको ब्याकअप राख्ने गर्दछौ । कथम कदापि - दुर्घटना भैहाले तपाइको सुचना सुरक्षित रहन्छ । अझै राम्रो र दुरुस्त सेवाको लागि महिने पिच्छे हामी सुरक्षा प्रबिधिको अडिट र अनुगमन गर्ने गर्दछौ।

डाँफेबुक्सले के-कस्ता ग्राहक सेवा प्रदान गर्दछ?

यदि तपाईंलाई डाँफेबुक्सको प्रयोगका बारे कुनै सहयोग आवश्यक छ भने हामी नेपाल समय अनुसार बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म उपलब्ध छौं । तपाईं यहाँ टिकट लेखेर वा अनुरोध गरेर यो गर्न सक्नुहुनेछ, जहाँ हामी २ मिनेट भित्रैमा तपाइको सहयोगको लागि उपलब्ध हुनेछौ । त्यस्तै गरी, तपाईं हामीसँग फोन न ०१-५२४५०७५ मा कुराकानी गर्न सक्नुहुनेछ।

तपाईंको अनुरोधमा हामीले यो सफ्टवेयरबारेमा विशेष प्रशिक्षण पनि प्रदान गर्दछौं। हामी मद्दतका लागि तत्पर छौ।